Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीमा एमालेलाई कसैले हराउन सक्दैन : मेयर चौधरी



इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा नेपाली काँग्रेसले कहिल्यै नजित्ने दावी गर्नुभएको छ ।
नेकपा एमाले इटहरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन र काँग्रेसले इटहरीमा जित्न नसक्ने दावी गर्नुभएको हो । इटहरीमा गाउँपञ्चायतदेखि हाल उपमहानगर हुँदासम्म जित्दै आएको स्मरण गराउँदै उहाँले एमालेलाई कसैले हराउन नसक्ने दावी गर्नुभएको छ ।पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा बोल्दै उहाँले इटहरीमा एमालेले संधै जितिरहने दावी गर्नुभयो । ‘नेकपा (एमाले) संधै जितिरहने छ र, नेपाली जनता संधै जितिरहने छन’, मेयर चौधरीले भन्नुभयो । उहाँले भन्नुभयो नेपाली काँग्रेसले २०४६ साल यता ३२ वर्षमा २७ वर्ष देशमा शासन गरयो,काँग्रेसले जितिरहयो,तर जनता हारिरहे ‘अब नेपाली काँग्रेसले कहिल्यै जित्ने छैन । गठबन्धनले कहिल्यै जित्ने छैन । र, नेपाली जनता कहिल्यै हार्ने छैनन’, मेयर चौधरीले भन्नुभयो । अहिलेको गठबन्धन एमालेलाई स्थानीय तहमा एमालेलाई जित्नबाट रोक्नलाई मात्रै बनेको उहाँको भनाइ छ । त्यसपछि गठबन्धनको भविष्य धरापमा पर्ने उहाँको जिकिर छ । यसरी आफू अल्पमतमा पर्ने देखेपछि गठबन्धन अर्नगल प्रचारमा लागेको उहाँको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार