Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानेपोखरीमा र्याली तथा कोण सभा



कानेपाेखरी । नेकपा (एमाले) कानेपोखरी गाउँपालिका वडा नं. ३ ले चुनावी प्रचार अभियानका सन्दर्भमा वृहत ¥याली एवं कोणसभा सम्पन्न गरेको छ । प्रदेश एवं जिल्लास्तरका नेता, स्थानीय उम्मेदवार र कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा सो ¥याली एवं कोणसभा सम्पन्न गरेको हो ।
पालिका अध्यक्षको उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षको उम्मेदवार भोलाप्रसाद अधिकारी, वडा नं. ३ को अध्यक्षका उम्मेदवार गोपाल कार्की र सदस्यहरू तथा पार्टी कमिटीका पदाधिकारी, कार्यकर्ता लगायतले नारा लगाउँदै वडा परिक्रमा गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै एमाले मोरङ्ग जिल्ला सचिव रुपेश खतिवडाले कानेपोखरीमा महिला प्रतिनिधि पाएका छांै, यो मोरङ्गकै ‘सान’ भएको बताउनुभयो । बाटो विराएका केही साथीहरूलाई पार्टीमा पुनः फर्कन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, पालिकाको पूर्वअध्यक्ष ताराबहादुर काफ्ले, अध्यक्षको उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षको उम्मेदवार भोलाप्रसाद अधिकारी, भेषनाथ रिजाल कुमार फुयल, अशोक फुयल, सन्तोष भट्टराई डोरमणि श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
त्यसैगरी
चुनाव प्रचारकै अभियानमा वडा नं. ४ मा पनि वृहत ¥याली एवं कोणसभा सम्पन्न गरेको छ ।
कोणसभालाई पूर्व कानुन, न्याय र संसदीय मामिला मन्त्री एवं एमालेको स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, पालिकाको पूर्वअध्यक्ष ताराबहादुर काफ्ले, अध्यक्षका उम्मेदवार राजमती इङ्नाम, उपाध्यक्षको उम्मेदवार भोलाप्रसाद अधिकारी, ४ नम्बरका वडा अध्यक्षको उम्मेदवार धनबहादुर राईले सम्वोधन गर्नुभएको थियो । उहाँहरूले स्थानीय निर्वाचनबारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा सदस्यहरू डम्बर बहादुर कटुवाल, अविन्द्र कुमार घिसिङ, साउनी माझी, श्यामकुमारी बि.क., पार्टी कमिटीका पदाधिकारी, कार्यकर्ता लगायतले नारा लगाउँदै वडा परिक्रमा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार