Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एमालेले महिलालाई पहिलो प्राथमिकतामा राखेको छः सागर थापा



विराटनगर । नेकपा एमालेको विराटनगर महानगरपालिकाका मेयर सागर थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउन अभियान चलाइने बताएका छन् ।

शुक्रबार विराटनगर ६ वडामा आचार तालिमको समापन समारोहमा बोल्दै थापाले भने ‘नेकपा एमालले महिलाहरुलाई अधिकारका साथसाथै सशक्तिकरणमा पहिलो प्राथमिकतामा राखेको बताएका छन् । अब विराटनगरलाइ रुपान्तरण गर्ने बेला आएको छ । अहिले विराटनगर महानगरको मापदण्डमा पुग्या छैन ।

अस्थायी राजधानीलाई स्थाइ राजधानी बनाउने काम मा मेरो सक्रिय भुमिका रहने बताए । यस्तै सोहि कार्यक्रममा एमालेकी उपमेयरकी उम्मेदवार शिल्पा निरौला कार्कीले भनिन् ‘महिलाहरुलाई तालिमको साथसाथै आर्थिक सशक्तिकरण आवाश्कता रहेको छ । न्युन ब्याजमा ऋण सहयोग उपलब्ध गराउने कार्कीले बताइन् ।

महिलाको सशक्तिकरण भयो भने परिवारको उन्नती हुन्छ । एमालेले आज विराटनगरको ५ र १० नम्बर वडामा घरदैलोमा गएर भोट मागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार