विराटनगर । विराटनगरका चार जना उम्मेदवार विरुद्धको सबै उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बदर गरेको छ । उजुरीकर्ताद्वारा दिईएको निवेदनमा उल्लेखित बिषयवस्तु लगायतका प्रमाण नजुटेपछी कार्यालयले चारै जनाको उम्मेदवारी सदर गरेको हो । विराटनगरमा नेकपा (एमाले) बाट उप-मेयर पदकी उम्मेदवारी शिल्पा कार्की, वडा नं. १३ की महिला वडा सदस्यकी उम्मेदवार गौरी कुमारी वैश्य, जनमत पार्टीबाट वडा नं. ८ को महिला दलित सदस्य पदकी उम्मेदवार गीता मुखिया र काँग्रेसबाट उम्मेदवारी दिएकी सहनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।