Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आईपीएलः गुजरात प्लेअफ नजिक



विराटनगर । सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेकाे छ ।

जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे ।

हैदराबादका उमरान मलिकले भने एक्लै ५ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे ।

गुजरातका मोहम्मद शामीले ३ विकेट लिए ।जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट  १२ अंक जोडेर  दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार