उर्लाबारी । उम्मेद्वारी दर्तागरेसंगै नेकपा एमाले उर्लाबारीले घरदैलो अभियान शुरु गरेको छ ।
उर्लाबारी १ को कान्छिचौकबाट घरदैलो अभियान सुरु भएको हो । एमालेका मेयर पदका उम्मेद्वार गंगाप्रसाद खरेल, उपमेयर उम्मेद्वार मीना पौडेल, वडाध्यक्ष उम्मेद्वार तिलक पाण्डेसहित वडाका सदस्य पदका उम्मेद्वार गौरीशंकर दाहाल, गणेश माझी, टीका भुजेल र सन्तकुमारी विक घरदैलोमा जुटेका छन् । सुर्यध्वाजावाहक उम्मेद्वारलाई भारी मतका साथ विजयी गराउन आह्वान गर्दै पार्टी स्थायी कमिटी सदस्य डा। शिवमाया तुम्बाहाम्फे, उर्लाबारी नगरपालिकाका उपमेयर लक्ष्मीदेवी भण्डारीलगायत एमालेका नेता कार्यक्रर्ताको ठुलो संख्याले साथ दिएको छ ।
ठाउँठाउँमा कोणसभासहित घरदैलो भएको प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य केदार चौहानले जानकारी दिए।