विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक ४१।४३ अंकले घटेर दुई हजार ५७२।२३ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १।५९ प्रतिशतले घटेको हो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९५ प्रतिशतले घटेको छ।
आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ। आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य घट्दा निर्जीवन बीमा उपसमूह मात्रै बढ्यो।
निर्जीवन बीमा उपसमूह १३३।३५ अंकले बढ्दा, बैंकिङ २१।०२, व्यापार ५५।८२ होटल तथा पर्यटन ६६।४२, विकास बैंक १४५।६८, जलविद्युत् ७६।०६, वित्त ६२।२५, उत्पादन १४५।७९, अन्य ९३।६५, लघुवित्त ३९।७१, जीवन बीमा ९८।६१, सामूहिक लगानी कोष ०।१३ र लगानी १।३७ अंकले ओरालो लागेका छन्।
आजको बजारमा कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ मूल्य बराबरको कारोबार भएको छ। गुँरास लाइफ इन्स्योरेन्सको १७ करोड ५१ लाख दुइ हजार ८६०, एभरेष्ट इन्स्योरेन्स कम्पनीको १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २९ लाख २२ हजार ७२८ र प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भएको छ।
आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल लिमिटेडको ९।९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९।९९, सानिमा जनरल इन्स्योरेन्स ९।६७ र जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९।६५ प्रतिशतले बढेको छ।