Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आरआरको क्रेज : हलको पर्दा जोगाउन काँडेतार



विराटनगर । भारतमा बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ प्रदर्शनलाई ध्यानमा राख्दै सिनेमाघरहरूमा सुरक्षा कडा पारिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको उक्त फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन सुरु हुन लागेको छ । आन्ध्र प्रदेशको विजयबाडास्थित अन्नपूर्ण थिएटरमा पर्दाअगाडि प्लाईबोर्डका ठोकिएका किला । तस्बिर स् तेलुगु न्युज १८ डट कम
साउथ स्टार रामचरण तेजा र जुनियर एनटीआरसँग बलिउडका आलिया भट्ट र अजय देवगन अभिनित ‘आरआरआर’ कोरोना महामारी घटेपछि मात्रै प्रदर्शन थाल्ने तयारी थियो । आन्ध्र प्रदेश श्रीकालाकुलमको सूर्या थिएटरमा पर्दा अगाडि काँडेतार लगाइएको छ ।

दर्शकको भीड अराजक हुन सक्ने आकलन गर्दै पर्दा जोगाउन काँडेतार लगाइएको बताइएको छ । आन्ध्र प्रदेशकै अर्को एक सिनेमाघरमा पर्दा अगाडि काठका बारहरू लगाइएको छ । कतिपय हलमा भने पर्दाअगाडि प्लाईबोर्डमा किला ठोकेर राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार