Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बर्जु गोल्ड कपको उपाधि प्रहरीलाई



बर्जु । बर्जुमा जारी प्रथम बर्जु गोल्ड कपको उपाधी १ नं प्रदेश प्रहरी विराटनगरले उपाधि जितेका छन् । सनिबार भएको खेलमा एचएफसी सुनसरीलाई १ गोलले हराउँदै उपाधि प्राप्त गरेको हो ।

नगद ५१ हजार सहित शिल्ड र प्रमाण पत्र प्राप्त गरे । खेलको म्यान अफ द म्याच प्रहरीका गोलकिपर सुरज शाक्य भए । यस्तै एचएफसी सुनसरी नगद ३१ हजार सहित उपविजेतमा मै चित्त बुझाउनु पर्यो ।

खेलको समापन समारोह बोल्दै बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले ‘यो बर्जु गाउँपालिकाको खेल मैदानलाई हामी पालिकास्तरिय मैदान बनाउने छौं र यहाँ एउटा यसै आर्थिक वर्षमा मञ्च पनि निर्माण गरिने बताए ।

चौधरीले जोड दिदै भने युवाहरुको अथक प्रयासबाट पहिलो पल्ट बर्जुमा गोल्ड कपको सुरुवात भएको हो र यस निरन्तरता दिन आग्रह गरेका छन् । ’ यस्तै समापन समारोहमा बर्जु ५ का वडा अध्यक्ष किसोर चौधरीले भने ‘यस वडाबाट युवाहरुको खेलको क्षेत्रमा जे जति सहयोग गर्न सक्छु सबै सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

गोल्ड कपमा सहयोगी संघसंस्था,मिडिया पार्टनर, सहयोगी व्यक्तिहरुलाई सम्मान पत्र दिएर सम्मान गरिएको बर्जु स्पोटिङ कल्बका सहसचिव भुवन चौधरी बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार