Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमनलालको तारिफ गर्दै रिजालले भने- ‘संविधान रक्षाका लागि गठबन्धनमा भोट हाल्छु’



विराटनगर : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गठबन्धनमा भोट हाल्न पाउँदा आफू खुसी भएको बताएका छन् ।

शुक्रबार साँझ मोरङ क्षेत्र नम्बर-४ को ग्रामथानमा गठबन्धनको घरदैलो कार्यक्रममा बोल्दै रिजालले आफू गठबन्भनमा भोट हाल्न तयार रहेको बताए ।

उनले सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका माओवादीका अमनलाल मोदी र प्रदेश (१) का कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई मत माग्दै उनीहरुको प्रशँसा गरे ।

रिजालले आफू मोरङ-४ को मतदाता भएको बताएका छन् । उनले अघिल्लो निर्वाचनमा आफूले भोट हाल्न नपाएको भन्दै यसपाली गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्ने अवसर मिलेको बताए ।

प्रतिनिधिसभाका उम्मेदवार अमनलाल मोदीको तारिफ गर्दै रिजालले भने, ‘संविधान निर्माण गर्ने बेला पनि हामी सँगै बसेर काम गरेका हौँ । हिजो केपी ओलीले संसद विघटन गर्दा पनि हामी मिलेर पुनःस्थापना गर्यौँ । अब संविधान रक्षाका लागि हामीले अमनलाल मोदीलाई विजय गराउनुपर्छ ।’

रिजाल २०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर-२ बाट विजयी भएका थिए । यो क्षेत्रमा यसपटक गिरिजापुत्री सुजता कोइराला चुनावी मैदानमा छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार