नमुना मतदान गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल / तस्बीर : सामाजिक सञ्जाल
विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत कम गर्न मोरङमा नमुना मतदान सुरु भएको छ । बुधबार विराटनगर महानगरपालिका–९ बुधहाट चौकमा नमुना मतदान गरिएको हो ।
धेरै मतदातले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए ।
महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको अधिकारीले जानकारी दिए ।
नमुना मतदान कार्यक्रममा मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी र स्थानीय सर्वसाधारणहरूले मतदान गरेका थिए ।
जिल्लाका १७ वटै स्थानीय तहहरूमा नमूना मतदान गराउने निर्वाचन कार्यालयले जनाएको छ ।