Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरियो छठको बिदाई



फाइल तस्विर

विराटनगर । छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक बिदाई गरिएको छ।
छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो। बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन्। छठमा सूर्यदेवको उपासना गरिन्छ।
चारदिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ्य अर्पण गरी छठको बिदाई गरिएको हो।
व्रतालुहरूले प्रत्येक वर्ष कात्तिक र चैत महिनाको शुक्ल षष्टी तिथिका दिन जलाशयको किनारमा भगवान् सूर्यदेव र षष्टी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइने गरिन्छ ।
विगतमा मधेसमा मात्र सीमित छठ पछिल्लो समयमा काठमाडौं लगायतका केही पहाडी जिल्लामा समेत उल्लासका साथ मनाउन थालिएको हो।


तस्बिरः नविनबाबु गुरुङ/सेतोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार