काठमाडौं : नेकपा माओवादी केन्द्रका चितवन जिल्ला सह-इन्चार्ज रमेश रेग्मी ‘अमर’ नेकपा एमालेमा प्रवेश गरेका छन्।
बुधबार रेग्मीसहित माओवादीनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल एमालेमा प्रवेश गरेका हुन्।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा स्वागत गरिएको थियो।
एमाले प्रवेश गरेका रेग्मी माओवादी बागमती प्रदेश कमिटी सचिवालय सदस्य पनि हुन्।