विराटनगर : चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ।
अस्पतालको मुल गेटको अगाडि बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
त्यहाँ राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन। डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ।