Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थापा भन्छन् : ज्वाईलाई सम्मान, चेलीलाई भोट



विराटनगर : नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले मोरङ क्षेत्र नम्बर ६ (१) मा एमालेबाट उम्मेदवार बनेकी रिता न्यौपानेको विजयी सुनिश्चित भएको दावी गरेका छन् ।

पूर्वेली प्रेससँग कुराकानी गर्दै थापाले नेकपा एमालेले प्रदेशमा उठाएको एकमात्र महिला उम्मेदवार न्यौपानेको कुनै विकल्प नभएको बताए । गठबन्धनका उम्मेदवार जीवन आचार्यप्रति कटाक्ष गर्दै थापाले भने, ‘यसपटक ज्वाइलाई सम्मान र चेलीलाई भोट दिनुपर्छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाइ जीवन आचार्य उम्मेदवार बनेपछि अहिले निर्वाचन क्षेत्रभरी नै यस्तो अभियान चलेको आफूले पाएको उनले बताए । ‘हुन पनि हाम्रो सामाजिक परम्परामा ज्वाइलाई सम्मान गर्ने, मेजमान गर्ने चलन छ र चेलीबेटीलाई पनि उत्तिकै माया गर्ने परम्परा रहेको छ । यसैलाई मध्यनजर गरे यसपटक ज्वाइलाई सम्मानमात्र गर्ने अभियान भइरहेको छ,’ उनले भने ।

मोरङको विराटनगर, बुढीगंगा र सुन्दरहरैँचासमेत जोडिएर बनेको थारु समुदायको उल्लेख्य बसोबास सो क्षेत्रमा छ । थापाले पूर्वेली प्रेसलाई भने, ‘अबको अभियानले हामीलाई अघि बढ्न र आचार्यलाई अघि बढ्न नदिन झन सहयोग पुग्ने छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार