विराटनगर : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुले आचारसंहिता उल्लंघन गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
शुक्रबार विराटनगरमा निर्वाचन अयोगले आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यक अभिमुखिकरण कार्यक्रममा बोल्दे थपलियाले निर्वाचन आचारसंहितालाई कडाई पार्ने बताएका हुन् ।
आचारसंहिता उल्लघंन गर्ने दलहरुलाई स्पष्टीकरण सोध्दा उनीहरूले कोकोहोलो मच्चाएको उनले बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई इंगित गर्दै उनले भने, ‘स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब ८/१० दिन पछिको निर्णयले ठूलै भूकम्प ल्याउँछ ।’
गत स्थानीय तहको निर्वाचनमा भएको गल्ती दोहोरिन नदिन आचारसंहिता कडाइ पारिएको उनले बताए । निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको थपलियाले बताए ।