काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई बिहीबार आयोगले स्पष्टीकरण सोधेको हाे।
रौतहट–१ का उम्मेदवारी दिएका अध्यक्ष नेपालले मतदाताहरुलाई झुटो आश्वासन दिएको भन्दै उनीविरुद्ध उजुरी परेकाे थियाे। उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो।
नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि वैदेशिक रोजगारीमा जान चाहनेलाई फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने भन्दै अभिव्यक्ति दिएका थिए।