Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रौतहटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमालि बासमा हिजो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छिन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिरगञ्ज स्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो ।

मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो।

बससहित चलकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार