Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउवालाई अध्यक्ष ओलीको चुनौती: निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु, तपाईं नि ?



काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् ।

सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै अध्यक्ष ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताए।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ’, उनले भने, ‘धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ।’

उहाँले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको  बताए । उनले भने, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’

प्रतिक्रिया
सम्बन्धित समाचार