Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका समाजसेवी गोयललाई नागरिक अभिनन्दन गरिने



विराटनगर : विराटनगरका समाजसेवी दिनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिने भएको छ । एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका गोयलाई असोज २८ गते विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको हो ।

समाजसेवी दिनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी अभिनन्दनबारे जानकारी गराएको छ ।

अभिनन्दन समारोहका अध्यक्ष सुरेशकुमार शर्माका अनुसार पूर्व राष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथिको रूपमा उपस्थित हुने भएका छन् । अभिनन्दनका लागि शर्माको अध्यक्षतामा १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाहकार समिति र ४ सय ७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

औद्योगिक क्षेत्रबाट विश्राम लिएर सामाजिक क्षेत्रमा लागेका गोयल झन्डै दुई सय सामाजिक संघसंस्थामा आबद्ध छन् । गोयललाई नेपाल तथा विदेशी विभिन्न संघसंस्थाले समेत सोही समारोहमा सम्मान गर्ने अध्यक्ष शमाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार