विराटनगर : प्रहरीको हाकिम हुँ भन्दै विराटनगरका व्यापारीसँग पैसा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर २ बस्ने बर्ष २९ को रविन घिमिरेलाई पक्राउ गरेको हो ।
घिमिरेलाई विराटनगर–१५ स्थित १ नम्बर ढाटमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहारमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।