विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
उनले आइतबार दिउँसो रतुवामाईमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेरे उम्मेदवार दर्ता गराएका हुन् । उनीसँगै प्रदेशसभाका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर २ को प्रदेश (क) मा एमालेका डिबी कार्की र प्रदेश (ख) मा एमालेका लिलाबल्लभ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारी सोही क्षेत्रबाट निर्वाचित संसद र प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् ।
यता सत्ता गठबन्धनबाट कांग्रेस नेतृ सुजता कोइरालाले प्रतिनिधिसभामा उम्मेदवार दर्ता गराएकी छिन् । प्रदेश (क) मा माओवादीका गणेश उप्रतीले उम्मेदवारी दर्ता गराएका छन् । उप्रेती अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रदेश संसदमा पराजित भएका थिए ।
कांग्रसबाट विनोद कार्कीले प्रदेशसभा (ख) मा उम्मेदवारी दर्ता गराएका छन् ।