Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङ चर्को असन्तृष्टि, बस्नेतसहित ५ नेताद्वारा पार्टी परित्याग



विराटनगर : नेकपा एमाले मोरङमा नेता तथा कार्यकर्ताको असन्तृष्टि चर्किँदै गएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेताहरुले धमाधम पार्टीबाट राजिनामा दिइरहेका छन् ।

शनिबार मात्रै एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बूसहित २० जनाले पदबाट राजिनाम दिएका थिए । आइतबार बिहान एमाले मोरङका जिल्ला कमिटी सचिवालय सदस्य मेघराज कट्टेलले राजिनामा दिएका छन् ।

उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहँदा एमाले मोरङ पार्टी छाड्नेको संख्या रोकिएको छैन् । आइतबार दिउँसो पाँच नेताहरुले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीबाट राजिनामा दिनेहरुमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश सदस्य प्रतापकुमार थापा, मधु गुरुङ, राजकुमार बस्नेत र जिल्ला कमिटी सचिवालय सदस्य गीता सिवा रहेका छन् ।

संयुक्त राजिनामा पत्र जारी गर्दै उनीहरुले पार्टीले आम कार्यकर्ताको भावना र चाहना विपरीत गतिविधि गरेको महशुस गरी पार्टीबाट अलग भएको बताएका छन् ।

आफूहरुजस्तै पार्टीबाट अपमानित भएकाहरुलाई पार्टीबाट अलग हुन र आगामी दिनमा स्वतन्त्र भएर राजनैतिक, सामाजिक अभियानमा सामेल हुनसमेत उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार