Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ-६ मा गठबन्धनका शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता



विराटनगर : मोरङ क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो कोइरालासहित प्रदेशसभा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभा (क) मा माओवादीका जीवन आचार्य र (ख) मा कांग्रेसका केदार कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

मोरङ ६ का सबै क्षेत्रमा नेकपा एमालेले यसअघिनै उम्मेदवारी गर्दा गराइसकेको छ । एमालेबाट प्रतिनिधिसभामा लालबाबु पण्डित, प्रदेश (क) मा रिता न्यौपाने र (ख) मा पर्शुराम बस्नेतले उम्मेदवार दर्ता गराएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार