विराटनगर : नेकपा एमालेले अन्तिम समयमा जीवन घिमिरे र पर्शुराम बस्नेतलाई टिकट दिएको छ । एमालेबाट उम्मेदवारमा सिफारिस भएका घिमिरे र बस्नेतको क्षेत्र एमालेले जसपासँग तालमेल गरेपछि जसपाका भागमा परेको थियो ।
प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका एमालेका केन्द्रीय सदस्य घिमिरेले मोरङ ४ (ख) बाट टिकट पाएका छन् । उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । जसपासँग गठबन्धन गर्दा एमालेले मोरङमा क्षेत्र नम्बर ५ मा संघ र ४ (ख), ५ (ख) र ६ (ख) जसपालाई दिएको थियो । ४ (ख) बाट जसपाका सन्जय सिंहले टिकट पाएका थिए ।
पर्शुराम बस्नेतले ६ (ख) बाट टिकट पाएका छन् । यसअघि यो क्षेत्रमा जसपाका राजेन्द्र गुप्ताले टिकट पाएका थिए ।
एमाले स्रोतका अनुसार मोरङ ५ का सबै क्षेत्र जसपालाई दिएर घिमिरे र बस्नेतलाई टिकट दिइएको हो ।