विराटनगर : मोरङमा नेपाली कांग्रेसले प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ । १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा गठबन्धनबाट कांग्रेसले ७ प्रदेश निर्वाचन क्षेत्र पाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मोरङ ४ (ख) बाट प्रदेशसभाको टिकट पाएका छन् । उनी विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन् । ४ (क) मा गुरुराज घिमिरेले टिकट पाएका छन् । यी दुवै नेताले प्रतिनिधिसभामा दावी गरिरहेका थिए ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मोरङ ६ (ख) बाट टिकट पाएका छन् । कार्की २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
मोरङ क्षेत्र नम्बर ४ र ५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका कांग्रेसका अमृत अर्यालले प्रदेशसभा सदस्यको टिकट पाएका छन् । उनले मोरङ ५ (ख) बाट टिकट पाएका हुन् । ५ (क) बाट गयानन्द मण्डलले टिकट पाएका छन् ।
यस्तै मोरङ २ (ख) मा विनोद कार्की र ३ (क) बाट शेखरचन्द्र थापाले टिकट पाएका छन् ।