Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी



एमाले नेतृ गंगा चौधरी

काठमाडौं : नेकपा (एमाले)की चर्चित नेत्री गंगा चौधरीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।

दाङ क्षेत्र नम्बर १ बाट आफूले टिकट नपाउने पक्का भएपछि उनी विद्रोहमा उत्रिएकी हुन्।

महासचिव शंकर पोखरेलले दाङ–१ बाट अर्की नेत्री शान्ता चौतरीलाई अघि सारेको पत्तो पाएलगतै आक्रोशित बनेकी छन्।

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु,’ गंगाले सामाजिक सञ्जालमार्फत् भनिन्, ‘जनता भगवान हुन जनता नै सर्वाेपरी हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु। हजुरहरूको साथ चाहिएको छ।’

त्यसो त उनी एमालेकै नेत्री शान्ता चौधरीविरूद्ध भिड्ने छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार