Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ



विराटनगर : किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेकाे छ।

कतार एयरवेजकाे क्यूआर ६४८ कलसाइनकाे विमानमार्फत काठमामाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ ओर्लिएका लामिछानेलाई प्रहरीले पक्राउ गरेकाे हाे। यसअघि लामिछानेले प्रहरीलाई आफू नेपाल आउँदै गरेकाे जानकारी गराएका थिए।

एक किशाेरीले सन्दीपले आफूलाई बलात्कार गरेकाे भन्दै गत भदाै २१ गते गाैशाला प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। बलात्कार आराेप लाग्नुअघि लामिछाने क्रिकेट खेल्न केन्या हुँदै जमैका पुगेका थिए। उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

बलात्कार आराेप लागेपछि छिट्टै नेपाल फर्किने बताएका लामिछाने झण्डै एक महिनापछि नेपाल फर्किएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार