Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा खुकुरी प्रहार गरी आमा र काकाको हत्या



विराटनगर : झापामा खुकुरी प्रहार गरी आमा र काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापको कमल गाउँपालिका २ स्थित सिमलडाँगी निवासी ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या गरेको आरोपमा २३ वर्षीय चन्द्रबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिबार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेको झापा प्रहरीले जनाएको छ ।

दुई जनाको हत्या गरेलगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार