Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अरु अलमलमा ढकाल रफ्तारमा



विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले मोरङ क्षेत्र नम्बर-४ मा चुनावी अभियानलाई रफ्तारमा अघि बढाएका छन् । क्षेत्र नम्बर-४ मा नेकपा एमालेबाट एकल सिफारिस भएका ढकाल निर्वाचन क्षेत्रमा भेटघाट कार्यक्रममा व्यस्त छन् । स्थानीय जनताको समस्या बुझ्ने र उनीहरुका धारणा सुन्ने अभियानमा उनी लागेका छन् ।

ढकाल भन्छन्, ‘अहिले म जनताको कुरा सुन्दै छु । उहाँहरुसँग निरन्तर सँगै हुने अभियानमा छु ।’ उनको रफ्तार बढीरहँदा भने अरु पार्टीका उम्मेदवारहरु अलमलमा छन् ।

नेपाली कँंग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पनि टिकटको दौडमा छन् । केन्द्रबाट गठबन्धनले भाग नछुट्याउँदा त्यस क्षेत्रमा दावी गरेका नेताहरु अलमलमा छन् । नेकपा माओवादी केन्द्रका अमनलाल मोदी पनि गाउँ छिरे पनि गठबन्धनबाट आफू उम्मेदवार बन्ने कुरामा ढुक्क छैनन् ।

त्यसो त टिकट पाउने आशासहित कार्यकर्ताहरुसँगको भेटघाटमा रहेका नेपाली कांग्रेसका नेता महेश आचार्यले पनि कुनै रफ्तार लिन सकेका छैन्न् । मोरङ ४ मा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पाउने माओवादीले भन्ने दुविधा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार