Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निरन्तर पार्टीमा उभिएका दिलसाद



राजनीति भन्ने बित्तिकै आदिवासी मधेसी र मुस्लिमलाई सहज विषय होइन् । त्यहिमाथि मुस्लिम समुदायबाट राजनीतिमा होमिनु र एकै ठाउँमा टिकिरहनु गाह्रो कुरा हो । राजनीतिको ठुलो उचाई पछ्याइरहेका दिलसाद आलम नेकपा एमालेको लागि भने पुरानो तथा युवा अनुहार हो ।

४५४६ वर्ष पुग्दै गरेका दिलसाद नेकपा एमाले मोरङको तीन पटक जिल्ला कमिटी सदस्य भए । र निरन्तर उनी एमालेमा उभिइरहेका छन् । एमालेभित्र विभिन्न खाले आरोहअवरोह आइपरेपनि उनी निरन्तर एमालेमै छन् । यसैका कारण मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रत्यक्षमा प्रदेशसभाका लागि उम्मेदवार सिफारिस भएका छन् ।

राजनीतिमा खारिएका बौद्धिक व्यक्तित्व भुराज राईसँगै उनको नाम सिफारिस भएको छ । यसले पनि त्यस क्षेत्रमा उनको उचाइको मापन हुन्छ । मलखाद उद्योग लगायत कृषिजन्य उद्योग र व्यापारमा जोडिएका दिलसाद एकैसाथ राजनीति र व्यापारमा स्थापित हुने प्रयत्नमा छन् । उनका व्यापर व्यवसाय जति बढ्दै गएको राजनीति र समाजसेवालाई पनि उनले उत्तिकै अगाडी बढाइरहेका छन् ।

कोरोना महामारीको बेला उनी घरघरमा खाद्यान्न बोक्दै पुगेका थिए । कतिलाई औषधी पनि सहयोग गरे । १२ सय जना जतिलाई त उनले खानेकुरा नै सहयोग गरे । उनी भन्छन्, ‘मेरो उद्धेश्य समाजसेवा पनि हो र राजनीति पनि हो ।’ उनी अहिले पनि गरीव दुखीहरुका लागि सेवा गर्न उत्तिकै तत्पर हुन्छन् । उनी उद्योग बाणिज्यसँग जोडिएका विभिन्न संघसंस्थामा पनि आवद्ध छन् । त्यसमार्फत पनि उनी व्यवसायीक हक हितका आवाज उठाउने गर्छन् ।

आफूले टिकट पाएमा सजिलै निर्वाचन हाक्ने र चुनाव जित्ने सुनिश्चितता भएको उनको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार