विराटनगर : झापामा भारतबाट ल्याउँदै गरेको माछासहित प्रहरीले एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिकाबाट खटिएका नगर प्रहरीले प्रदेश –१–०१–००१ च ७४०८को पिकप भ्यान मंगलबार बिहान ४ः३० बजे बिर्तामोडस्थित अञ्जली हस्पिटल छेउबाट नियन्त्रणमा लिएको हो ।
नगर प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनिको सहयोगमा माछा बोकेको पिकअप नियन्त्रणमा लिएर जनाएको छ ।
चालक र माछा व्यापारी भने नगरपालिकाको सम्पर्कमा आएका छैनन् । नगरपालिकाले भारतबाट आयातित अस्वस्थकर मरेका माछाको विक्री वितरण गर्न रोक लगाएको छ ।