Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ कारागारका एक कैदीको मृत्य



विराटनगर : जिल्ला कारागार मोरङमा कैद भुक्तानी गरिरहेका एक कैदीको मृत्यु भएको छ । कारागार स्रोतका अनुसार धनकुटा सहिदभूमि गाउँपालिकाका ४९ वर्षीय कुलबहादुर सार्कीको बुधबार मृत्यु भएको हो ।

सार्की लागुऔषध मुद्धामा कारागार चलान भएका थिए । उनको स्वास्थ्यमा केहीदिनयता ज्वरो आउने, मुटुको धड्कनमा तीव्रता हुने समस्या देखिँदै आएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि सार्कीलाई मंगलबार कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । कोसी अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृत्यु भएको हो ।

जिल्ला अदालत मोरङले सार्कीलाई २०७६ साल भदौ ८ गते एक वर्ष ६ महिना र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसला आए पनि फरार रहेका सार्कीे दुई वर्षपछि पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार