Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभाका लागि प्रदेश १ बाट ३६ दलले बुझाए समानुपातिक उम्मेदवारको सूची



विराटनगर : आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ बाट दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्द सूची पेश गरेका छन् ।

प्रदेश सभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो ।

आयोगले अब असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्न समय दिने छ । असोज १० देखि १६ गतेसम्म संशोधन गरी उम्मेदवार सूची पेश गर्न समय दिइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार