३ असोज । आठौं संविधान दिवसको अवसरमा बर्जु गाउँपालिकाले बृहत सरसफाई तथा बर्जु तालमा वृक्षारोपण गरेका छन् ।
सोमबार विहान ८ बजे गाउँपालिका परिसरमा अध्यक्ष जिवछ कुमार राय, उपाध्यक्ष नितु कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरी लगायत कर्मचारी,जनप्रतिनिधि, र सुरक्षा निकायका प्रतिनिधिको अगुवाईमा संविधान दिवसको अवसरमा बृहत सरसफाई कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष रायले सरसफाई गर्दै भने ‘ आज नेपालले नयाँ संविधान प्राप्त गरेको दिनको सम्झनामा हामीले पालिका भित्र र बाहिरको क्षेत्रमा सरसफाई गरेका छौं ।
यो एक दिन मात्र गरेर हुँदैन् अब हामीले साप्ताहिक रुपमा नै सरसफाई अभियान गर्ने बताए । ’ यस्तै सरसफाई गर्दै उपाध्यक्ष नितु चौधरले भनिन् ‘ स्वस्थ्य रहनु पर्छ सफा रहनुपर्छ र आफैबाट सुरु गर्नुपर्छ भनेर आज हामीले बृहत सरसफाई गरेको उनले बताईन् । ’
बर्जु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले बर्जु न्युजसँग कुराकानी गर्दै भने सरसफाई गरौं स्वस्थ्य रहन सम्पुर्ण बर्जुबासीसँग आग्रह गरेका छन् ।
पछिल्लो समय फैलिदै गरेको डेंगुको महामारी नियन्त्रण गर्नका लागि पनि सरसफाई महत्पुर्ण रहेको स्वास्थ्य प्रमुख रामबाबु श्रेष्ठले बताए । ’ बर्जु गाउँपालिकाको परिसरमा पालिका अध्यक्ष र उपाध्यक्षले झण्डोतोलन समेत गरेका थिए । आजै जनप्रतिनिधि र कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र ताल संरक्षण समितिले बर्जु तालमा वृक्षारोपण गरेका छन् ।