विराटनगर : आफुहरुको राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो नदिएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् ।
ब्लु डायमण्ड सोसाईटीले विराटनगरमा आयोजना गरेको यौनिक तथा लैंगिक अल्फसंख्यक समुदायका मुद्दाहरु सम्बन्धी अन्तर्क्रिया कार्यत्रममा सहभागिहरुले राजनैतिक दलहरुले अन्य समुदायको अधिकार सुनिश्चितता गर्ने मुद्धाहरु उठान गर्ने तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको कुनै पनि मुद्धालाई वेवास्त गर्ने गरेको गुनासो गरेका छन् ।
उनिहरुले राजनैतिक अधिकार प्राप्त नगरेकाले धेरै मौलिक अधिकारबाट समेत बंचित हुनु परिरहेको बताए । सामाजिक न्यायको सिद्धान्त अनुसार पनि आफुहरुको अधिकार संरक्षण हुनुपर्नेमा आफुहरुको संख्या न्यून भएकाले राजनैतिक दलहरुले चासो नराखेको उनीहरुको गुनासो छ ।
आफुहरु राजनीतिक, आर्थिक,सामाजिक सवै क्षेत्रमा बन्चित र निर्वाचन अगाडी घोषणा पत्रमा राजनीतिक दलहरुले अल्पसंख्यकका मुद्धाहरु उल्लेख गर्ने गरेको भएपनि निर्वाचन पछाडी कार्यान्वयन नगर्ने गरेको उनिहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा सहभागिहरुले नयाँ नागरिकता विधेयकमा समेत आफुहरुलाई विभेद गरिएकोले विधेयकमा भएको त्रुटी सच्याउन राजनैतिक दलहरुलाई आग्रह गरेका छन् ।
संविधानसभा पछि यौनिक तथा लैंगिक अल्पसंख्यकको संसदमा प्रतिनिधित्व नभएकाले पनि आफुहरुको आवाज राजनैतिक दलहरुले नै उठाई दिनुपर्ने उनीहरुको माग छ । उनिहरुले राज्यका कुनै पनि कृयाकलापमा सहभागि नगराएको गुनासो गरेका छन् ।
कार्यक्रममा मोरङबाट प्रतिनिधीत्व गर्ने विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।