Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीबाट सुनको गहना चोरी गर्ने तीन जना पक्राउ



विराटनगर : सुनसरीको इटहरीबाट सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका २ का अरुण राना मगर, सोही ठाउँका विर्खमान राई र भुपेन्द्र विक रहेका छन् । प्रहरीले उनीहरुलाई सुनको गरगहनासहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार