विराटनगर : निवर्तमान प्रतिनिधिसभा सदस्य तथा जसपाकी नेतृ अमृता आग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
आग्रहरीलाई आइतबार जारी एमालेको सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले स्वागत गरेको एमाले सचिव योगश भट्टराईले जानकारी दिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी समितिका सदस्यसमेत रहेकी आग्रहरी नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल भएको बताउँछिन् ।
निवर्तमान संसद हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ – सम्पादक