काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फको प्रतिनिधिसभाका १ सय १० र प्रदेससभाका २ सय २० जना उम्मेदवारको टुङ्गो आइतबार लगाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयलको बैठकमा महासचिव शंकर पोखरेलले कानुनी प्रबन्ध र संख्याको बारेमा सदस्यहरूलाई जानकारी गराएका थिए ।
ुमहासचिव कमरेडले प्रतिनिधिसभाको १ सय १० र सात वटै प्रदेशमा २ सय २० जना समानुपातिकतर्फको सूचीमा कुन कुन क्लष्टरबाट कति जना प्रतिनिधि हुन्छन् भन्ने विषयमा जानकारी गराउनु भएको छ,ु बैठकपछि प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ुभोलि ११ बजे सचिवालयको बैठक बस्नेछ छ। ु
निर्वाचन आयोगले सोमबार समानुपातिकको सूची बुझाउने मिति तोकेको छ । त्यसैगरी बैठकले आछाम लगायत देशका विभिन्न स्थानमा गएको बाढी पहिरोबाट भएको क्षतिप्रति दुस्ख व्यक्त गरेको थियो ।
सरकारलाई बाढी पहिरोमा परेकाको यथाशिघ्र उद्धार, राहत र पुनर्स्थापनाका लागि पनि बैठकले माग गरेको छ, नेता गुरुङले भने । कान्तिपुरबाट