Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा ३४ जनामा डेंगु संक्रमण



विराटनगर :  उदयपुरकाे कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंगु संक्रमण देखिएकाे छ। बेलका नगरपालिकामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगी फेला परेको हाे।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जाेखिमयुक्त मानिएकाे छ। किनकी यहाँ सबैभन्दा धेरैमा डेंगु देखिएकाे छ। यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ।

झण्डै तीन दर्जनमा डेंगु फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए। स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगु भेटिएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार