तस्बीर : मनराज थापाको फेसबुकबाट
विराटनगर : अछामको विभिन्न भागमा पहिरो जाँदा १२ जनाको मृत्यु भएकाे छ।
शुक्रबारदेखि परेकाे अविरल वर्षाका कारण पहिरो जाँदा १२ जनाको मृत्यु भएकाे छ भने ११ जना बेपत्ता भएका छन्।
कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजारकै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएकाे छ।
अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ।
