Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानेपोखरीका ६७ जना सुकुम्बासीले पाए लालपुर्जा, एक वर्षमा देशभर ४९ हजार लालपूर्जा वितरण



विराटनगर । कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुम्बासी आयोगले पूर्जा वितरण गरेको छ ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी मन्त्री श्रेष्ठले उनीहरुलाई पूर्जा वितरण गर्दै सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको बताइन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने पनि बताइन् ।
सरकारले यही वर्षभित्रमा देशभरका सम्पूर्ण गाउँघरका सुकुमबासीहरुलाई पूर्जा वितरण गरिसक्ने लक्ष्य लिइएको उनले बताइन् । नागरिकलाई पूर्जा दिने कुरामा जस कसले लिने भन्ने प्रमुख कुरा नभएको उनको भनाइ थियो ।
धनिपूर्जा पाएकाहरुले आफ्नै छाप्रोमा मर्न पाइने भयो भनेर सुनाएको प्रसंग निकाल्दै अलिसान महलमा बस्नेहरुले चुनावको नाममा गरिवहरुको हुर्मत लिने कोशिस भइरहेको पनि बताइन् । उनले पूर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको पनि बताइन् ।
कार्यक्रममा सुकुमबासी आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे (सामना), कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाअधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमस्थलमै भूमिहीन सुकुम्बासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपूर्जा पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार