विराटनगर : धरानमा दुई वर्षीया बालिका बेवारिसे फेला परेकी छिन् । धरान उपमहानगरपालिका-१५ बुढासुब्बा चोकमा अन्दाजी दुई वर्षीया बालिका बेवारिसे अवस्थामा भेटिएकी हुन् ।
सडकमा बेवारिसे भेटिएकी बालिकालाई सरस्वती बालआश्रम धरानमा राखिएको प्रहरीले जनाएको छ । बालिकालाई प्रहरी कार्यालयमा राख्ने ठाउँ अभावका कारण बालआश्रममा राखिएको हो ।
बालिकाको अभिभावक पत्ता लगाउनका लागि सुनसरी भरी प्रहरीमार्फत जानकारी गराइएको छ ।