Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राप्रपाले प्रदेश १ मा उम्मेदवारको टुङ्गो लगायो



विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नम्बर-१ ले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको तर्फबाट १४ जिल्लाका उम्मेदवारहरु टुङ्गो लगाएको छ ।

प्रदेश अध्यक्ष राम थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । एमाले सँग तालमेल हुने चर्चा चलिरहेकै बेला राप्रपाले आफ्ना उम्मेदवारहरु टुङ्गाएको हो ।

अध्यक्ष थापाले पार्टीप्रति देखिएको लोकप्रियताका र यस अघिका निर्वाचनमा तालमेलका नाममा केही सिट लिएर सबै क्षेत्र छोड्दा राष्ट्रिय पार्टी नभएको अनुभवका आधारमा यो निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताए ।

बैठकले सम्मानजनक ढंगले अन्य पार्टीसँग केन्द्रले तालमेल गरे त्यसलाई स्वागत गर्ने निर्णय समेत गरेको छ ।

राप्रपाले विवादरहित उम्मेदवारी छान्न र अन्तिम नामावली निर्वाचन आयोगमा पठाउन भन्दै संसदिय समिति गठनसमेत गरेको छ । समितिले सिफारिस भएर आएका नामहरुलाई निर्वाचन आयोगमा पठाउँदा तलकै सिफारिसलाई प्रमुख आधार मान्ने जनाएको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि राप्रपाले तिव्र तयारी अगाडी बढाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार