विराटनगर : मुगुमा १६ वर्षीया बालिकाको सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ गते राति तीन युवाले सामुहिक बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पीडितको उजुरीका अधारमा छायाँनाथ रारा नगरपालिका ४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका ३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका १४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
हमालका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।