विराटनगर : मोरङको रङ्गेलीबाट अवैध सामान बरामद गरिएको छ । रङ्गेली नगरपालिका ७ बाट चार लाख मूल्य बराबरको सामान बरामद गरिएको हो ।
सोमबार बिहान १ बजे ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट कपडा नियन्त्रणमा लिएको जनाएको छ ।
भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएको कपडा आवश्यक कारवाहीका लागी विराटनगर भन्सार कार्यालय बुझाएको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।