धरान । भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उहाँका परिवारले प्रकाशन गर्नु भएको छ ।
२०७८ साल असोज ३ गते निधन हुनु भएका स्व. अमरबहादुरको सम्झनामा उहाँको परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्र्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक प्रकाशन गरिएको होा । उक्त पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।
उक्त पुस्तक सुतार कार्र्की अभिभावक वयावृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक–१ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उहाँका धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्कीलगायत उहाँका परिवारले सयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो ।
२७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुर कार्कीले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकका स्व. अमरबहादुरको जीवनी, उहाँका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताउनु भयो । पुस्तकमा सुतार कार्र्की कुलपूजा विधि, गोठधुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परमपरा र जातिका विषयबस्तुहरु समेटिएका छन् । बार्षिक तिथिमा पुरान लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिव असहायहरुलाई सहयोग गर्ने योजना बनाएर स्व. पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने उहाँे बताउनु भयो । पुस्तकका संरक्षक विश्वराम कार्र्कीले स्व. पिताको नाममा ट्रष्ट स्थापना गरेर उहाँले पढेको विद्यालय र पढाएको विद्यालय तथा असाहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताउनु भयो । पुस्तक प्रककाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदैं यस वंशावलीलाई थप पस्किृति र पूूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा स्व. अमरबहादुरका भाई तिर्थराज कार्की, सँगै एउटै विद्यालय अध्ययन गर्नु भएका पुन्यप्रसाद पराजुली, पशुपति कार्कीले स्व. अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उहाँले गरेको योगदान र गतिविधीबारे चर्चा गदैं उहाँको जीवनी स्मरण गराउनु भएको थियो । हालको पञ्चकन्या माध्यमिक विद्यालयका तत्कालिन शिक्षक, गाउँ पञ्चायत प्रमुख जिल्ला सदस्य भई सक्रिय सामाजिक अभियान्ता कार्कीको २०७८ असोज ३ गते मृत्यु भएको थियो । उहाँले लामो समय लगाएर सुतारहरुको वशावली सकलन गर्नु भएको थियो । वंशावलीसँगै उहाँका विषयमा स्मृति लेखहरु पुस्तकमा समेटिएका छन् ।
स्व. अमरबहादुर कार्कीको चिनारी
राणा शासनबाट जनता अघाउँदै आएको अवस्थामा करीब करीब दास युगको अन्त्यतिरको समय थियो । त्यस बेला कट्टपन्थी राणा पद्मशम्सेर मुलुकका प्रधानमन्त्री थिए । यही समयमा पूर्वको विकट जिल्ला भोजपुरको आमचोक वासिङ थर्पू–१ सिमन्तुवामा अमरबहादुर कार्कीको जन्म भएको थियो ।
पिता गुमासिंह (केशरजंग) कार्की र माता स्व. रत्नमाया कार्कीको कोखबाट विस २००४ साल चैत ४ गते उहाँको जन्म भएको थियो । त्यसबेला शिक्षा अत्यन्त दुर्लभ रहेको बेला उहाँले कक्षा पाँचसम्म स्थानीय भवानी प्रावि(हाल पञ्चकन्या मावि) वासिङ थर्पूमा अध्ययन गर्नुभयो । कक्षा ६ देखि ९ सम्म भोजपुरको विद्योदय माविमा कक्षा ९ सम्म अध्ययन गर्नु भयो । त्यहाँ भन्दा उहाँको शिक्षा अगाडि बढ्न सकेन । विभिन्न व्यावहारिक र घरायसी कामले उहाँले अध्ययनलाई अगाडि लैजान सक्नु भएन । उहाँ अत्यन्त धार्मिक व्यक्ति हुनुहुन्थ्यो । पण्डित डिल्लीराम पराजुली, प्राध्यापक कुलप्रसाद पराजुली, डम्बरुबल्भव कोइराला, पण्डित छविलाल पोखरेललगायतको संगतले सँस्कृत शिक्षा पनि हासिल गर्नु भएको थियो । उहाँले औपचारिक सँस्कृत शिक्षा नलिए पनि बनारस, अयोध्यालगायत भारतका धामहरुमा बसेर सँस्कृति शिक्षा आर्जन गर्नु भएको थियो ।