Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला



विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला सरुवा भइ आएका छन् । कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् ।

यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरुवा गरिएको छ । बस्नेतलाई दलित आयोगमा सरुवा गर्ने बताइएपनि उनलाई आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको हो ।

सरकारले निर्वाचनको मिति नजिकिएसँगै कर्मचारी सरुवालाई तीव्र पारेको छ । मन्त्रालयले आइतबारमात्रै २९ जना सहसचिवको सरुवा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार