Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लेटाङबाट सम्पर्कविहीन भएका तीन बालिका विराटनगरमा सकुशल भेटिए



विराटनगर : शनिबार बिहान मोरङको लेटाङबाट सम्पर्कविहीन भएका तीन बालिका सकुशल भेटिएका छन् । प्रहरीले तीनै जनलाई विराटनगरमा सकुशल फेला पारेको हो ।

आइतबार दिउँसो खोजी गर्ने क्रममा विराटनगर १४ जतुवास्थित देवी राईको घरबाट उनीहरुलाई फेला पारेको मोरङ प्रहरीले जनाएको छ ।

शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई सम्पर्कविहीन भएका थिए । उनीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् ।

घरमा फुटबल हेर्न जाने भन्दै निस्किएका उनीहरु घर नआएपछि परिवारले खोजी शुरु गरेको थियो । प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये सविनाकी आमा हुन् देवी राई । आमाले दोस्रो बिवाह गरेपनि उनी लेटाङमा हजुरबुबासँग बस्दै आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार तीनै जनालाई अभिभावकको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार