Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट सट्टे बाजीमा संलग्न चार जना पक्राउ



विराटनगर : मोरङको विराटनगरबाट सट्टे बाजीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती विराटनगर–११ बाट मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

एसिया कप क्रिकेटमा सट्टे बाजी गरेको आरोपमा विराटनगर–११ का ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५ सय रूपैया नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार